२०७९ श्रावण ५, बिहीबार १४:२९

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनाको अवधिमा वैदेशिक व्यापार ‘शून्य’ भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार यो भन्सार विन्दुबाट अहिलेसम्म व्यापारिक प्रयोजनका सामग्रीको आयात(निर्यात भएको छैन ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीका बेला कूटनीतिक छुटमा केही सामान आएका थिए,’ उनले भने, ‘ती सामान फिर्ता पनि भए, ती भन्सार छुटका सामान थिए, अन्य सामानको आयातरनिर्यात भएको छैन ।’
विमानस्थल यात्रुको आवतजावत मात्र हुने क्षेत्र नभएर वैदेशिक व्यापार गर्ने थलो पनि हो । तर, सरकारले विमानस्थलको उचित प्रवर्द्धन गर्न नसक्दा अझै पनि व्यापारीहरु यहाँ आकर्षित भइसकेका छैनन् ।

त्यसो त अहिले यो विमानस्थलमा जजिरा एयरवेजले मात्र उडान गरिरहेको छ । यो कम्पनीले साताको तीन उडान गर्छ । जजिराले कतारको दोहाबाट कुवेत हुँदै भैरहवामा उडान गर्छ । यस रुटमा वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने यात्रुको संख्या अधिक रहेका कारण वैदेशिक व्यापारसँग सम्बन्धित वस्तुको व्यापार हुन नसकेको हो ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वैदेशिक व्यापारको मुख्य बिन्दु मध्ये एक हो । आर्थिक वर्ष २०७८र७९ को जेठसम्म यो विमानस्थलबाट १ खर्ब ९२ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको १०।९४ प्रतिशत हो । भन्सार बिन्दुमध्ये सबैभन्दा धेरै आयात वीरगञ्जबाट हुन्छ । यस भन्सार बिन्दुबाट कुल ३६।३७ प्रतिशत आयात हुन्छ । त्रिभुवन विमानस्थलबाट जेठ मसान्तसम्म २९ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको १५।६२ प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय