२०७९ श्रावण ११, बुधबार ११:५३

साउन १०,
दैलखका एक युवकलाई भेट्न बोलाएर अपहरण गरी फिरौती माग्ने ६ जनालाई दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको छ । दैलेखको चामुण्डाबिन्द्रसैनी नगरपालिका ३ का २७ वर्षीय युवकलाई भेट्न बोलाएर अपहरण गरी फिरौती माग्ने ६ जनालाई प्रहरीले मङ्गलवार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई तुलसीपुरको एक होटलबाट पक्राउ गरेको हो । दाङको बबई गाउँपालिका ४ की ३५ वर्षीय लीला विक, त्यही ठाउँकै ३५ वर्षिय नेबबहादुर घर्ती, तुलसीपुर ४ का २५ वर्षीय सुक्लालाल विक, कपिलवस्तुको शिवराज नगरपालिका ७ का २० वर्षीय मनोज थारु पक्राउ परेका हुन् । यस्तै प्रहरीले प्युठानको गौमुखी गाउँपालिका ७ घर भइ दाङको तुलसीपुर ६ बस्ने २४ वर्षीय जनक कुँवरलाई पक्राउ गरेको छ ।

कुँवर बाग्मती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडीका चालकसमेत रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्सपेक्टर बखतबहादुर शाहीले बताउनुभयो । यस्तै प्रहरीले फोन गरी भेट्न बोलाउने तुलसीपुर ७ का २६ वर्षीया निर्मला विकलाई पनि पक्राउ गरेको छ ।
निर्मलाले अपहरणमा पर्ने युवकलाई हिजो सोमवार राति नौ बजेतिर बुटवलमा भेट्न बोलाएकी थिइन् । दैलखबाट बुटवलमा भेट्न आएका युवकलाई युवतीसँग भेट भएपछि ६ जनाको समूहले अपहरण गरी आज तुलसीपुर ल्याएका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय