२०७९ श्रावण १२, बिहीबार ११:२८

चर्को गर्मिसँगै वर्षा शुरु भएपछि कपिलवस्तुका सरकारी अस्पतालमा उपचार गराउन आउने विरामीको निकै भीड लागेको छ । कोरोना संक्रमणको लक्षण पुन देखिएसँगै वर्षापछि आउने मौसमी विरामीले अस्पतालमा विरामीको भिड नै लागेको हो ।

अगीपछि दैनिक सरदर ६० देखी ८० जना विरामी आउने कपिलवस्तु अस्पताल तौलीहवामा गर्मी बढेसंगै बर्षाका कारण ओपिडी, इमरजेन्सीमा गरी १ सय देखी डेढसयको हाराहारीमा विरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अधिकांश उपचार गराउन आउने विरामीहरुमा महिला, बालबालिका, बृद्धबृद्धा छन् । उनीहरुमा झाडापखाला, जन्डिस, ज्बरो, टाईफाईड लगायत रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर किशोर बन्जाडेले जानकारी दिएका छन् ।

वर्षासँगै मौसमी विमारबाट बच्न चिकित्सकले सर्वसाधारणलाइ बासी सडेगलेको खाना नखान, अत्यधिक पानी पिउन, गर्मिमा सकेसम्म घरबाहिर हिड्डुल नगर्न, पानीमा नभिज्न सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय