
कपिलवस्तु – लुम्बिनी प्रदेशसभा सार्बजनिक लेखा समिति सभापतिमा प्रदेश सभा सदस्य विष्णु पन्थी सर्बसहमत रुपमा निर्वाचित भएका छन् । लुम्विनी प्रदेश सभाले एक वर्षको रिक्तता पछि सार्वजनिक लेखा समितीको सभापतिमा पन्थीलाई निर्वाचित गरेको हो । पन्थी नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष समेत हुन् ।
पटक पटक अर्थमन्त्रीका रुपम चर्चा कमाउने गरेका पन्थी प्रदेश सभाको म्याद करिव ५ महिना मात्र वाँकी रहदा सार्वजनिक लेखा समितीको सभापतिमा निर्वाचित भएका छन् ।
संसदीय परम्परा अनुसार प्रतिपक्षिदलले सार्वजनिक लेखा समितीको सभापति पाउने चलन रहेपनि तत्कालिन रुपमा कांग्रेस सांसद डिल्ली चौधरी मन्त्रीम नियुक्त भएसंगै यो पद १ वर्ष देखि रिक्त थियो । उक्त समितीको सदस्यहरुमा भोज प्रसाद श्रेष्ठ, बिमला पन्थी धनकली चौधरी रामजी घिमिरे, रेवती रमण शर्मा, बैजनाथ कलवार रमा अर्याल पार्वती पुन गहतराज गिता थापा सदस्य छन्।