२०७९ श्रावण १३, शुक्रबार १७:०९

बुटवल, १३ साउन ।
आगामी १ माघ देखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ ।

लुम्बिनी केवलकार प्रा।लि।को शुक्रबार सम्पन्न साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालन गरी एक बराबर एक राइट सेयर दिने निर्णय भएको सञ्चालक समितिका अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म तीन किलोमिटर दूरीमा केबलकार सञ्चालन गरिने लागेको हो ।

केबलकार सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका विषयमा सरोकारवाला र स्थानीय जनताबीमा सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय