२०७९ श्रावण १४, शनिबार ०९:५६

अर्घाखाँची —
शितगंगा नगरपालिका–३ सातमारामा लागुऔषध सेवन गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको राप्ती गाउँपालिका–१ का २८ वर्षीय सन्तोष केसी, २२ वर्षीय रोशन श्रेष्ठ र २४ वर्षीय खुमबहादुर श्रेष्ठले अर्घाखाँचीको शितगंगाको सातमाराको सुपादेउराली मन्दिरमा बसेर लागुऔषध सेवन गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ ६० मिलिग्राम, लागुऔषध सेवन गर्दा प्रयोग गरिने ब्लेडको टुक्रा २ थान र सानो प्लेट १ थान र लाइटर १ थान सामग्री नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए । पक्राउ परेका तीनै जनालाई लागुऔषध मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय