२०७९ श्रावण २०, शुक्रबार १२:५७

काठमाडौं –

बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेका छन् । बैंकर्स संघको शुक्रबार बसेको बैठकले ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । ब्याजदर बढाएर मात्र निक्षेप नबढ्ने स्पष्ट भएपछि बैंकहरु थप ब्याज वृद्धि नगर्ने पक्षमा उभिएका हुन् । यस निर्णयसँगै अब संस्थागत निक्षेपको ब्याजदर थप सस्तो हुने भएको छ । केन्द्रीय बैंकले व्यक्तिगत निक्षेपको भन्दा २ प्रतिशतले संस्थागतको ब्याजदर सस्तो हुनुपर्ने व्यवस्था गरेको छ ।

सोही आधारमा अब संस्थागतको ब्याजदर घट्ने भएको हो । यसअघि यस्तो अन्तर १ प्रतिशतमात्र थियो । यता, केन्द्रीय बैंकले बैंक दर र नीतिगत दरहरु बढाउँदै ब्याज वृद्धि गर्न बैंकहरुलाई प्रेरित गरेको थियो । तथाप, बैंकहरु भने अहिलेको अवस्थामा ब्याजदर नबढाउने निर्णयमा पुगेका हुन् । यसबाट आम ऋणी र सेयर लगानीकर्तालाई भने राहत मिल्नेछ ।

साधारण मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत रहेको छ। व्यक्तिगतभन्दा २ प्रतिशतले कम हुनुपर्ने भएपछि अब संस्थागतहरुले ९.०३ प्रतिशतमात्र ब्याज पाउने भएका छन् । बैंकहरुले विगत ५ महिनादेखि व्यक्तिगततर्फ यही अधिकतम ११.०३ प्रतिशत ब्याजदरलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय