चन्द्रौटा,२० साउन
किसानले खरिद गरेको मलमा इँटा र ढुङ्गा फेला परेको छ । शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको रामनारायण कृषि सहकारीले बिक्री गरेको मलमा दुइ वटा इँटा र एउटा ढुङ्गा फेला परेको छ । भारतवाट अवैध रुपमा मल ल्याई किसानहरुलाई विक्रि गर्दा यस्तो भेटिएको हो ।
शिवराज नगरपालिका ६ का कृषक राजाबाबु लोनियाले किनेको ५० किलो मलको खुल्ला बोरामा इँटा र ढुङ्गा भेटिएपछि किसानहरूले सहकारी कार्यालय घेराउ गरेका छन् । मल पाउन सकस भइरहेको बेला यसरी बोरामा इँटा र ढुङ्गा भेटिनुले सहकारी प्रति शङ्का उत्पन्न भएको किसानहरूको भनाई छ । सहकारीले किसानहरूलाई मलको बाहानमा ठग्ने धन्दा बन्द गर्नुपर्ने किसान लोनियाले बताउनुभयो ।
सहकारीका सञ्चालक शिव सरण जयसवालले सहकारीमा मल सकिएकोले सुरज गल्ला भण्डारले भारत वाट ल्याएको मल बिक्री गरेको बताउनुभयो । किसानहरूका लागि भनी मजदुरहरूले भारतवाट साइकलमा मलका बोराहरू ल्याउने गरेकोले उनीहरुलेनै इँटा र ढुङ्गा राखेको हुनसक्ने बताउनुभयो । मलको तौल बढाउनको लागि यस्तो भएको हुन सक्ने जयसवालको भनाई छ ।
शिवराज नगरपालिका वडा ६ का अध्यक्ष मेहताव आलमले किसानले खरिद गरेको मलमा ढुङ्गा भेटिए जानकारी आएकोले यस विषयमा छानबिन हुनुपर्ने बताउनुभयो । किसानलाई ठग्ने प्रवृतिको अन्त्य गर्नुपर्ने वडा अध्यक्ष आलमले बताउनुभयो ।
२०७९ श्रावण २०, शुक्रबार १८:२८
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech