२०७९ श्रावण २३, सोमबार १२:०४

माधव बेल्वासे,
विभिन्न प्रलोभनमा पारि भारत हुँदै तेस्रो मुलुक सम्म पुराई महिला तथा बालबालिकाहरूलाई बेचबिखन हुने क्रम बढ्दोे छ । मोबाइल तथा सामाजिक सञ्जाल दुरुपयोग गरी युवतीहरूलाई विभिन्न बहानामा वर्षे नि सयौँको सख्यमा पु¥याउने र शोषण गर्ने गरेको पाइएको छ । कपिलवस्तुको कृष्णनगर नाका बाट शान्ति पुनस्र्थापना गृहले एक वर्षमा २ सय ८० जना महिलाको उद्धार गरेको छ । युवतीहरूलाई राम्रो रोजगारी दिने,तेस्रो मूलक पुराउने लगायतको प्रलोभन पारि भारत लैजाँदै गर्दा उनीहरूलाई उद्धार गरिएको जिल्ला संयोजक बसन्ती घर्तीले बताउनुभयो ।

संस्थाले आर्थिक वर्ष २०७८/७९ मा कृष्णनगर क्षेत्र वाट ६ हजार ५६२ जनालाई परामर्श दिएको छ । भारत जाँदै गरेका तथा सीमा पार गर्दै गरेका महिला,बालबालिकाहरूलाई परामर्श दिएको संयोजक घर्तीले बताउनुभयो । उद्धार गरिएको महिला मध्ये १ सय ७५ जनालाई संस्था मार्फत,१०२ जनालाई प्रहरी मार्फत परिवार सँग पुनर्मिलन गराइएको उहाँले बताउनुभयो ।

यस अवधिमा २ जना युवतीलाई अन्य संस्थाको जिम्मा लगाइएको छ । विभिन्न प्रलोभनमा पारि भारत पु¥याइएका दुई जना युवतीहरूलाई भारत पुगेर उद्धार गरिएको घर्तीले बताउनुभयो । अधिकांश युवतीहरू लुम्बिनी प्रदेशका प्युठान,दाङ,रोल्पा,अर्घाखाँची र कपिलवस्तुका रहेको घर्तीको भनाई छ । संस्थाको अगुवाइमा १ जनालाई मानव बेचबिखनको मुद्दा,२ जनालाई जबरजस्ती करणी र १ जनालाई सार्वजनिक मुद्दा दर्ता गराइएको घर्तीले जनाकारी दिनुभयो ।

घर्तीका अनुसार हरेक वडा तथा टोलमा सचेतना अभियान गर्नुपर्ने बताउनुभयो । शान्ति पुन स्थापना गृहले विभिन्न समयमा जोखिमयुक्त क्षेत्रहरुमा सचेतनामूलक कार्यक्रम गरिरहेको र यसमा स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय