कपिलवस्तु, २३ साउन ।
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव तथा दुःख दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई बिहीवार पक्राउ गरी हिजो सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुको सहयोगमा कुँवरलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका कुँवरलाई काठमाण्डौ जिल्ला अदालतको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताउनुभयो ।
२०७९ श्रावण २३, सोमबार १५:१८
ताजा समाचार
लोकप्रिय
© 2025 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech