२०७९ श्रावण २३, सोमबार १२:११

कपिलवस्तु,  (नारायण पाण्डे)

नेपाल बार एशोसियशन जिल्ला अदालत बार एकाई कपिलवस्तुको अध्यक्षमा चन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको छ । सम्पन्न निर्वाचनमा खड्काले २६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी भोला प्रसाद विश्वकर्माले २१ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षमा निर्वाचित खड्का नेकपा एमाले को पेशागत संगठन प्रगतिशिलि कानुन व्यवसायी संघ जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । त्यस्तै उपाध्यक्षमा राजु कुमार श्रीवास्तव, सचिवमा कृष्ण प्रसाद पौडेल, कोषाध्यक्षमा कृष्ण बन्जाडे निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित खड्काले नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य एवं जिल्ला निर्वाचन बिभाग उप–प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । खड्काले विभिन्न निर्वाचनलाई भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्दै आउनुभएको छ । अध्यक्षमा निर्वाचित भएसंगै खड्काले बारलाई सन्तुलित र निश्पक्ष तरिकाले अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय