कपिलवस्तु -सरकारले सबै कर्मचारीको १५ प्रतिशत तलब बृद्धि गरे पनि चोर बाटो हुदै राजपत्राकित कर्मचारीले १८ देखि २४ प्रतिशत तलब बृद्धि गरी आफुहरुलाई बिभेद गरेको भन्दै केन्द्रिय कार्यक्रम अनुसार उनीहरु आन्दोलनमा उत्रेका हुन । जिल्लाभरका राजपत्र अनंकित कर्मचारीहरु आफु कार्यरत कार्यालयमा बिदा लिएर सदरमुकाम तौलिहवामा भेला भएका थिए ।
भेलामा कर्मचारी युनियन र संगठन लगायतका सबै कर्मचारीहरु सहभागी भई उनीहरुले असमान तलब बृद्धिको बिरोध गदै समान तलब बृद्धि नभए सम्म आफुहरु आन्दोलनमा उत्रने बताएका छन । नेपाल निजमति कर्मचारी संगठनका अध्यक्ष प्रकाश गौतमले राजपत्र अनंकित कर्मचारीहरुको माग प्रति एकेबद्धता जनाउदै तलब बृद्धि समान हुुन पर्ने बताए ।
सरकारले हाल राजपत्राकित कर्मचारीको बृद्धि गरेको तलब रोक्का गरेका कुरा सुने पनि लिखितमा सो कुरा आउनु पर्ने माग गरे । नेपाल निजमति कर्मचारी युनियनका जिल्ला अध्यक्ष झक बहादुर आलेले संघीय सरकारले ल्याउन लागेको निजामति सेवा ऐन सबै कर्मचारीहरुको सम्मान हुने किसिमको ल्याउनु पर्ने माग समेत गरे । आत्म सम्मानमा ठेस पुग्ने गरी ऐन ल्याउन नहुने उनले बताए ।
यस्तै राजपत्र अनंकित कर्मचारीको बृत्ति बिकास र बढुवा समेत कार्य संपादनका आधारमा हुनु् पर्ने बताए । कर्मचारीहरुको आन्दोनलले सरकारी कार्यालयको सेवा प्रभावित भएको थियो ।