२०७९ श्रावण २६, बिहीबार १५:५४

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज -नेप्से- मा सूचीकृत १६ वटै विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विकास बैंकहरुको खुद नाफा समग्रमा २६/८८५ ले बढेर ६ अर्ब ९६ करोड १२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा यी बैंकहरुले ५ अर्ब ४८ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

जसमध्ये राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ६ अर्ब ६२ करोड र क्षेत्रीयस्तरका बैंकको नाफा ३३ करोड ३४ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा विकास बैंकहरुको पुँजी १५/७३५ ले बढेर ३६ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ पुगेको छ । राष्ट्रियस्तरका विकास बैंकहरुको पुँजी समग्रमा ३१ अर्ब ७३ करोड र क्षेत्रीय स्तरका विकास बैंकको ५ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

यस अवधिसम्म राष्ट्रियस्तरका विकास बैंकको १० अर्ब ८८ करोड ७२ लाख र क्षेत्रीयस्तरका विकास बैंकहरुको १ अर्ब २७ करोड ३६ लाख रुपैयाँ गरी कुल १२ अर्ब १६ करोड ९ लाख रुपैयाँ जगेडा कोषमा जम्मा भएको छ। यो अघिल्लो आर्थिक वर्षको भन्दा २४/४७५ ले धेरै हो ।

त्यस्तै, विकास बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । १४ अर्ब ६३ करोड ९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी २४/४६५ ले बढेर यस अवधिसम्म १८ अर्ब २१ करोड ३ लाख रुपैयाँ पुगेको छ । विकास बैंकहरुको वितरणयोग्य नाफा भने घटेको छ । ४ अर्ब ५० करोड ७९ लाख रुपैयाँ रहेको विरणयोग्य नाफा अहिले १३/७३५ ले घटेर ३ अर्ब ८८ करोडमा झरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा दुवै स्तरका विकास बैकहरुको वितरणयोग्य नाफा घटेको छ ।

राष्ट्रियस्तरको ३/५९५ र क्षेत्रीयस्तरको १३१/६६५ ले वितरणयोग्य नाफा घटेको हो । अधिकांशको खुद नाफा, रिजर्भ कोष, खुद ब्याज आम्दानी तथा प्रतिसेयर आम्दानीमा सुधार भएको छ भने वितरणयोग्य नाफा केही घटेको छ । अधिकांश सूचकमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक अगाडि रहेका छन् ।

क्षेत्रीयस्तरको विकास बैंकलाई हेर्दा एक्सेल र मितेरी डेभलपमेन्ट बैंक आगाडि रहेका छन् । कुनै पनि बैंकको नाफा, रिजर्भ, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफालगायतका प्रमुख सूचकहरुलाई हेर्दा चुक्ता पुँजीमा ख्याल गर्नैपर्ने हुन्छ । पुँजीका आधारमा अरु सूचकहरु कस्ता छन् भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय