२०७९ श्रावण २९, आईतवार ११:५२

नेपालगञ्ज,
नेपाल–भारत नाकाको जमुनाहा र नेपालगञ्जमा लागूऔषध ओसारपसार, सेवन र विक्रीमा अत्यधिक कडाइ गरिएपछि कोहलपुर लागू पदार्थको गढ बन्न पुगेको छ । प्रहरी तथा लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार पछिल्लो समय बाँकेको कोहलपुर क्षेत्रमा लागूऔषधको कारोबार र सेवन बढेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पछिल्लो समयमा कोहलपुरबाट लागूऔषधिका ‘नामुद’ कारोबारीसहित ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ पर्दै गएकाले बाँकेको दोस्रो ठूलो बजार कोहलपुर लागूऔषधको ‘अखडा’ बनेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

पछिल्लो पटक प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–२ घर भई हाल कोहलपुर नगरपालिका वडा नम्बर– ११ एनटिभी रोडस्थित डेविट खाजा घर सञ्चालन गर्दै आएका ६६ वर्षीया मिना मल्ल, ३७ वर्षीय उहाँका छोरा राजेश मल्ल र सोही स्थान बस्ने २७ वर्षीय रमेश खनाललाई कोहलपुर प्रहरीले ३ ग्राम ४० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

पक्राउ पर्ने डेविट खाजा घर सञ्चालक मिना मल्ल कोहलपुर क्षेत्रको नामुद लागूऔषध कारोबारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताउनुभयो । उहाँले लागूऔषधबारे धेरै जनगुनासो आएपछि प्रहरीले प्राथमिकतामा राखेको जनाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय