२०७९ श्रावण ३०, सोमबार १२:५४

रुपन्देही, ३० साउन । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

नचिनेको मानिसले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का विकास गुरुङ घाइते हुनुभएको र गोली चलाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीकै रोहिणी गाउँपालिका–१, बाइपासमा रहेको सिद्धार्थ कटेजमा पनि गएराति पेस्तोल देखाएर सुन र नगद लुटपाट भएको थियो ।दुवै घटनामा एउटै समूह वा फरक समूह संलग्न रहेको भन्ने खुलिनसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय