२०७९ श्रावण ३१, मंगलवार १२:५४

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग घर भएका अन्दाजी ३५र३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।

‘युवतीको नाम पुष्पा भनिएपनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन, दाङ्गतिर घर भनिएको छ । श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ ।’ (प्रहरी निरीक्षक घिमिरेले भने–‘ युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।’

तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताए । उनका अनुसार उनिहरु आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।

युवकको धादिङ्गको कुमपुर-५ ठेगाना भएको बताइन्छ ।

उनिहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय