२०७९ भाद्र २, बिहीबार १७:५६

कपिलवस्तुको बाणगंगा नगरपालिकाको चालु आर्थिक बर्षको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । यो बैठक नगरपालिकाको कुल १ सय २३ औँ बैठक हो भने चालु आर्थिक बर्षको पहिलो कार्यपालिका बैठक हो ।

बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गर्नुका साथै विभिन्न निर्देशिकाहरु पनि स्वीकृत गरेको छ । कार्यपालिका बैठकले स्थानिय भु–उपयोग कार्यान्वयन समिति गठन गरेको छ । नगर उप–उप प्रमुख रीता कुमारी चौधरीको संयोजकत्वमा गठित कार्यान्वयन समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, ११ वटै वडाका वडाध्यक्षहरु रहने छन् भने कार्यपालिकाले ४ जना सदस्यहरु मनोनित गर्न पाउने अधिकार अनुसार भेषराज पाण्डे, ताराजन घिमिरे, ईन्दिरा पन्त र बिष्णु मल्ललाई मनोनित गरिएको नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यो समितिले जग्गा वर्गीकरणको काममा तिब्रता दिने छ भने यसको प्रमाणिकरण नगर प्रमुख चक्रपाणि अर्यालको संयोजकत्वमा रहेको स्थानिय भु–उपयोग परिषदले गर्ने छ ।

त्यस्तै नगर प्रमुखको संयोजकत्वमा उप प्रमुख, वडाध्यक्षहरु सदस्य रहने गरि भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासी नगरस्तरिय सहजिकरण समितिमा दलित कार्यपालिका सदस्यबाट शारदा परियार र दिल बहादुर सुनारलाई मनोनित गरिएको छ भने राष्ट्रिय मान्तयता प्राप्त पालिका स्तरीय राजनीतिक दलबाट एक÷एक जनाका दरले प्रतिनिधि माग गरिएको छ ।
सो नगरस्तरिय सहजिकरण समितिले वडास्तरिय सहजिकरण समिति गठनका लागि यथाशिघ्र पहल गर्न निर्देशन दिएको नगर प्रवक्ता पौडेलले बताउनुभयो ।

बैठकले नदीजन्य पदार्थको प्रारम्भिक वातावरणीय परिक्षणको कार्यसुचि स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै पशुको निःशुल्क कृत्रिम गर्भाधान सेवा संचालन तथा व्यबस्थापन निर्देशिका २०७९, वाली तथा पशुपंक्षी विमाको प्रिमियम थप अनुदान उपलब्ध गराउने निर्देशिका २०७९ र छाडा पशु चौपाया नियन्त्रण तथा व्यबस्थापन कार्यविधि २०७९ लाई सवीकृत गर्ने कार्यपालिका बैठकले निर्णय गरेको वडा नं। २ का वडाध्यक्ष समेत रहनुभएका नगर प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले यहि भदौ २० गते आर्थिक बर्ष २०७८/७९ बार्षिक समिक्षा गर्ने निर्णय पनि गरेको छ ।

मेयर चक्रपाणि अर्याल, उप मेयर रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख लगायतको उपस्थितीमा कार्यपालिका बैठक सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय