२०७९ भाद्र ३, शुक्रबार १२:२८

बुटवल ।

बुटवल उपमहानगरमा डेंगु नियन्त्रण अभियान जारी छ । अभियान अन्तरगत बुटवल २ मा जनचेतनामूलक कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं २ को आयोजना र आधारभूत स्वास्थ्य केन्द्रको सहआयोजनामा भएको कार्यक्रममा डेंगुबाट बच्न सावधानी अपनाउन र सरसफाइमा ध्यान दिन आग्रह गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष सुनिल शाक्यले पानी जम्ने खाल्डाखुल्डी सफा गर्न, घरभित्र पानी जम्मा हुने फ्रिज, कुलर, एसी, फुलदानीमा पानी जम्न नदिन आग्रह गरे । वडा सदस्य गौतमलाल शाक्यको सञ्चालनमा भएको कार्यक्रममा सरिता बेल्बासे, वडाका प्रतिनिधिहरुले सावधानी अपनाउन आह्वान गरे ।

कपिलवस्तुमा डेंगुका संक्रमित बढ्दै बिरामी

कपिलवस्तु जिल्लामा डेंगुका बिरामी बढ्न थालेका छन ्। साउन महिनाको १ गते देखि विहिबार सम्म जिल्लाको बाणगंगा नगरपालिकामा मात्रै ४९ डेंगुका बिरामी पहिचान भएका छन् । पालिका भित्र भेटिएका ४९ जना डेंगु रोगका सक्रंमित मध्ये ६ जनालाइ उपचारका लागि बुटवल पठाएको छ । बाकि सक्रमितहरुको नगरका बिभिन्न सस्थामा उपचार भइरेहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय