२०७९ भाद्र ३, शुक्रबार १२:३४

अर्घाखाँची —
पाणिनि गाउँपालिकाले सञ्चालनमा ल्याएका दुईवटा एम्बुलेन्स चार महिनादेखि कार्यालयमै थन्किएका छन् । बिरामी पैदलै र भाडाका गाडी खोजेर अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारका लागि धाउन बाध्य छन् । एम्बुलेन्स खरिदका लागि पाणिनिको खिदिमका लंक केसीले ५० प्रतिशत लगानी गरिदिएका थिए ।

बाँकी गाउँपालिकाको बजेटमा डेढ वर्षअघि दुईवटा एम्बुलेन्स भित्र्याइएका हुन् । तत्कालीन पालिका अध्यक्ष अच्युत गौतम र उपाध्यक्ष लक्ष्मी गौतमले तामझामका साथ एम्बुलेन्स सञ्चालन गरेको घोषणा गरेका थिए । अहिले ती एम्बुलेन्स कार्यालय परिसरमा खिया लाग्ने गरी थन्किएका छन् । लु१झ ५९३ र लु१झ ५९४ नम्बरका दुईवटा एम्बुलेन्स चलेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय