२०७९ भाद्र ३, शुक्रबार १२:३९

दाङ —
बलात्कारको मुद्दामा फसाउने धम्की दिई व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुषलाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपाली छन् ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका उनीहरुले नारायणपुरमा सुनचाँदी पसल गर्ने दिनेश घर्तीमगरलाई योजनाबद्धरुपमा साउन २६ गते राति प्रमिलाको कोठामा बोलाई घेराबन्दी गरेर रकम माग गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय