२०७९ भाद्र ३, शुक्रबार १२:४४

काठमाण्डौ –
नेपाल र बेलायतबीच आउँदो ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीका अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच भदौ ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार पारिसकेको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाण्डौमा रहेको बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारी पत्रको मस्यौदा तयार भएको हो ।

बेलायतले २० देखि ४५ वर्ष उमेर समूहका स्टाफ नर्स, बिएस्सी नर्सिङ र एमएस्सी नर्सिङ गरेकाहरूलाई लैजाने छ । बेलायतमा रोजगारीका लागि जाँदा श्रमिकले कुनै पनि शुल्क तिर्न नपर्ने गरी श्रम समझदारी हुने छ । मन्त्रिपरिषद्ले पनि बेलायतमा नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृति दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय