
भगवती न्यौपाने कपिलवस्तु , भदौ ५
वाणगंगा नगरपालिका वडा नम्बर ४ ठाकुरापुर टोल विकास संस्थाको तेस्रो साधरण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगरले भौतिक पूवधारले मात्रै वडाको विकास नहुने बताउदै सम्रग पक्षको विकास भए वडाले छिटै पड्को मार्ने बताउनु भयो । आफु सबैको साझा प्रतिनिधि भएको बताउदै उहाँले वडाका सबै टोललाई मिलाएर लौजाने बताउनु भयो । समाज सेवामा निरन्तर लागि पर्ने बताउदै चुनावमा बोलेका कुरा क्रमश पुरा गदै जाने धारण राख्नु भयो ।
गजेहडा टोल विकास संस्थाका पूर्व अध्यक्ष भोजराज आचार्य,सल्लाकार मोतिलाल शाही, टोलका अनुगमन समितिका सदस्य तिलक बाहादुर रानाले कार्यक्रममा बोल्दै समाजमा हामीको भावना जगाउदै वडालाई नमुना बनाउन सबैै लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले संस्थाले आज सम्म के कस्ता काम गरेको छ बताउदै आगमी दिन पनि निरन्तर लागि पर्ने बताउनु भयो । संस्थाका सचिव निर्मल शाहीले प्रगति प्रतिवेदन सुनाउदै कार्ययोजनाको बारेमा बताउनु भएको थियो भने संस्थाका सचिव नुमि चालिसे शर्माले आर्थिक प्रतिवेदन सुनाउनु भएको थियो । यता संस्थाले टोलको विकासमा काम गर्ने क्रममा विभिन्न समिति बनाएर जिम्मा लगाएको थियो जसको विवरण् पनि सार्वजनिक गरेको थियो ।
कार्यक्रममा स्थानिय गोविन्द पोख्रेल, इनम प्रसाद थारु,सुनिता श्रेष्ठ लगायतले बोल्नु भएको थियो भने उक्त कार्यक्रममा वडा नम्बर ४ का वडा सचिव बिन्दु शर्मा, वडा सदस्यहरु,नन्द्र किशोर थारु,चिन्कु थारु, विभिन्न संस्थाका प्रतिनिधि, बुद्धिजिवि, संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
दुर्गा मन्दिर सामुदायिक भवन ठाकुरापुरमा भएको कार्यक्रममा हरिप्रसाद पौडेलको अध्यक्षता, पूर्व अध्यक्ष कमल पराजुलीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव निर्मल शाहीले गर्नु भएको थियो । यता संस्थाले नयाँ कार्यसमिति चयन प्रक्रिया को लागि सहमती हुन नसकेपछी निर्वाचन मन्डल ले बुधबार सम्म को समय दियको छ सो मिति मा चयन हुन नसके आउदो सनिवार निर्वाचन प्रक्रिया बाट अगाडी बडिने छ।