२०७९ भाद्र ६, सोमबार १२:३९

नारायण पान्डे ,कपिलवस्तु
प्रविधीमैत्री बन्दै गईरहेको साईन रेसुङगा बिकास बैंक बाणगंगा जितपुर शाखाले एटिम मेसिन सञ्चालन ल्याएको छ । लुम्ब्निी प्रदेशका सांसद बिष्णु पन्थीको हातबाट मेसिनको उद्घाटन गरिएको हो । एटिमबाट पैसा निकाल्दै सांसद पन्थीले अब थप बैंकका लक्षित सेवाग्राहीलाई केन्द्रित गर्दै थप सेवाको थालनी गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चालनमा आएको एटिएम सेवाले बैंकिङ कारोबार सहज र सरल हुने उहाको भनाई छ ।

साथै नागरीकले अझ सुविधायुक्त ढंगबाट वित्तीय कारोबार गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय प्रविधिको विकाससँगै सेवा ग्राहीकहरुको पनि माग बढ्दै गएपछि बैंकलाई प्रविधिमैत्री बनाउनको लागि एटिएम मेसिन राखिएको शाखा प्रमुख माधबराज घिमिरेले बताउनुभएको छ । गुणस्तरीय सेवा प्रदान गर्न बैंक सदैव प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नुभयो । साईन रेसुङगा बैंक शाखामा एटिम सञ्चालनमा आएसंगै स्थानियहरु पनि खुसी भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय