२०७९ भाद्र ७, मंगलवार १५:२६

७ भाद्र
दाङमा बिमा रकमको लोभले नेपाल बन्दको मौका छोपि चालक र सहचालकले आफैँले चलाउने टिपरमा लागो लगाएको खुलेको छ । चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरीका प्रवक्ता खड्कबहादुर खड्काले बताए । मंगलबार विहान उनीहरुले घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाएका थिए ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा विमाको रकम आउने भन्दै आगजानी गरेको खुलेको प्रहरी प्रवक्ता खडुकाले जानकारी दिए। गाडी मालिकको पनि खोजी भइरहेको उनले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय