काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बीच बालुवाटारमा भेटवार्ता भएको छ । आज विहान देउवालाई भेट्न ओली बालुटार पुगेका हुन् ।
उनीहरूबीच अहिले भेटवार्ता जारी छ। स्रोतका अनुसार नागरिकता विधेयक र मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेका छन्। सरकारले पछिल्लो समय प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माण लगायत दिर्घकालिन महत्वका निर्णयमा एकलौटी गरिरहेको भन्दै एमालेले आपति जनाएको छ ।