२०८२ पुष २१, सोमबार १७:५८

दाङ ।

दाङका एक स्थानीयको परिवार आजभोलि शोकमा छ । केही दिन अघिसम्म खुशीयाली र रमाइलोको वातावरण रहेको परिवारमा अचानक १९ वर्षको छोराले औषधि सेवन गरी आत्महत्या गरेपछि परिवार शोकमा छ।

छोराले राम्रो पढाईलेखाइ गरोस् भन्ने चाहनासहित दुःखसुख गरेर छोरालाई घोराहीमा २ वर्षदेखि डेरामा राखेर पढाइरहेका थिए। अचानक छोराको आत्महत्याको खवरले परिवार स्तब्ध भयो।

घोराहीमा डेरामा बस्दै आएकी एक युवतीले गत बैशाखमा आत्महत्या गरिन्। घर परिवारले पढ्न पठाएको छोरी मायाजालमा परेर आफूलाई सम्हाल्न नसक्ने भएपछि आत्महत्या गरेकी थिइन्। छोरी गुमाउँदा उनका अभिभावक मानसिक तनावमा छन्।

दाङमा आत्महत्याका घटना बढेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार गत भदौ महिनामा २३ जनाले आत्महत्या गरेका थिए।

दाङमा मात्र होइन, लुम्बिनी प्रदेशमै आत्महत्याको क्रम बढ्दो छ। लुम्बिनी प्रदेशमा आत्महत्याका घटनामा वृद्धि भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता शारदाप्रसाद चौधरीले जानकारी दिए।

उनका अनुसार लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९र०८० मा १ हजार २ सय ७५ जनाले आत्महत्या गरेका छन्। त्यसैगरी आर्थिक वर्ष २०८०र०८१ मा १ हजार २ सय ८७ जनाले आत्महत्या गरेका छन् भने आर्थिक वर्ष २०८१र०८२ मा १ हजार ३ सय जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०८२र२०८३ को चार महिनामा ४ सय ५० जनाले आत्महत्या गरेका छन्।

यसरी आत्महत्या गर्नेमा सबैभन्दा धेरै १५ देखि ५० वर्ष उमेर समूहका मानिस छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद र नेपाल प्रहरीको प्रतिबेदन २०८१र०८२ अनुसार नेपालमा औषत १८ देखि १९ जनाले आत्महत्या गर्ने गर्छन्।

गत आर्थिक वर्षमा नेपालमा ६ हजार ८ सय ६६ जनाले आत्महत्या गरेका छन्। त्यसमध्ये बालबालिकाको संख्या ८ सय ५४ छ। यस्तै, महिला २ हजार ३ सय ८ जना छन् भने पुरुषको संख्या ३ हजार ७ सय ४ रहेको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही र दाङमा सबैभन्दा धेरै आत्महत्याका घटना भएका छन्। यी जिल्लाहरुमा वर्षेनी आत्महत्याका घटनाहरु बढ्दै गएका छन्।

नेपाल प्रहरीको अध्ययन, २०८१ अनुसार आत्महत्याको सबैभन्दा प्रमुख कारण मानसिक तनाव हो। व्यक्तिले आप्mा्‌नो समस्या कसैसँग व्यक्त गर्न नसक्नु र महत्वाकांक्षा बढेका कारण आत्महत्या गर्ने गरेको विज्ञहरु बताउँछन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मनोचिकित्सक डा। अजय कुमार मिश्रका अनुसार लुम्बिनी प्रदेशमा आत्महत्याको ग्राफ उकालो लाग्नुको मुख्य जड सचेतनाको कमी र उपचारमा पहुँचको अभाव हो।

उनी भन्छन्,‘आत्महत्या गर्नुको प्रमुख कारण डिप्रेसन हो, जुन उपचारबाट सत प्रतिशत निको हुन्छ, तर हामीकहाँ अझै पनि मानसिक समस्यालाई लुकाउने, धामीझाक्री कहाँ जाने र अन्तिम अवस्थामा मात्र अस्पताल आउने प्रवृति छ।’

बढ्दो आत्महत्याका घटनाहरुलाई न्यूनीकरण गर्न स्थानीय रुपमा परामर्श केन्द्रको स्थापना गरी सेवा प्रदान गर्ने, विद्यालय तहबाट नै क्लिनिकल साइकोलोजिस्टको सेवा अनिवार्य गरिनुपर्ने उनले बताए।

उनले भने–‘ मानसिक रोग पनि अन्य रोग जस्तै हो समयमै उपचार गरेमा पूर्ण निको हुन्छ भन्ने कुरामा सचेतना विकासका कार्यक्रमहरु सञ्चालन गराउनुपर्छ।

पुरुषले आफ्नो समस्या खुलेर व्यक्त गर्न नसक्ने भएकाले पुरुषमा मानसिक रोगको समस्या बढेको देखिन्छ।’ त्यसैले उनीहरुलाई लक्षित गरी सामुदायिक परामर्श कार्यक्रम सञ्चालन गर्नु पर्ने उनले जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय