२०७९ भाद्र ८, बुधबार ११:३४

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर ९१६ भदौ० देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्‍याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

‘गौतमबुद्धमा यात्रुको उपलब्धताबाट उहाँहरु उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘सोही अनुसार उडान थप हुन लागेको हो ।’

जजिराले गौतमबुद्ध विमानस्थलमा उडान गरिरहेको छ । जजिराले कुवेतबाट काठमाडौं र भैरहवा दुबै विमानस्थलमा नियमित उडान गरिरहेको छ ।

यो विमानस्थलमा अर्को महिनाबाट वीज एयरले आवुधावीबाट सिधा उडान गर्ने गरी अनुमति लिइसकेको छ । प्रवक्ता निरौलाका अनुसार अक्टोवरबाट भने सो कम्पनी भैरहवामा आउने छ । यी दुई बाहेक अन्य कम्पनी भने तत्काल पाइपलाइनमा छैनन् ।
नेपालको वर्षायाम सकिएपछि पर्यटकीय सिजन प्रारम्भ हुन्छ । त्यसपछि भने नयाँ कम्पनीहरु आकर्षित हुन सक्ने अपेक्षा प्राधिकरणका अधिकारीहरुको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय