२०७९ भाद्र १०, शुक्रबार १६:२६

भाद्र , गुल्मी
स्नातकोत्तर तह अध्ययन हुने गुल्मीको एकमात्र रेसुंगा बहुमुखी क्याम्पस आर्थिक संकटमा परेको छ । २०३९ सालमा खुलेको क्याम्पसले आर्थिक अवस्था कमजोर बनेपछि गत पुसदेखि प्राध्यापक र कर्मचारीलाई तलबभत्तासमेत खुवाउन सकेको छैन ।

आर्थिक दायित्व बढ्दै जाने तर आम्दानीको स्रोत खुम्चिंदै गएपछि सञ्चालक समितिले गत साउन ३० गते क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको छ । उनका अनुसार प्राध्यापक र कर्मचारीको उपचार, उपदान, संचित बिदाको रकमसमेत करिब ७ करोडजति क्याम्पसको दायित्व रहेको छ ।
क्याम्पसले गत पुसदेखि प्राध्यापक र कर्मचारीलाई पारिश्रमिकबापतको १ करोड ५८ लाख रुपैयाँभन्दा धेरै रकम भुक्तानी गर्न सकेको छैन ।

क्याम्पसमा अहिले २४ जना पूर्णकालीन प्राध्यापक, १० जना पूर्णकालीन कर्मचारी र ७ जना आंशिक प्राध्यापक कार्यरत छन् । अहिले विद्यार्थी शुल्कबाट मासिक करिब साढे ७ लाख आम्दानी हुने क्याम्पसको मासिक खर्च २४ लाखको हाराहारीमा रहेको क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए । अनावश्यक प्राध्यापक र कर्मचारी भर्ति, प्राध्यापकहरूको विलासी सेवा सुविधा, मनपरी खर्च, अध्यापनको गुणस्तर खस्कँदै जानु, विद्यार्थी आकर्षणमा बेवास्ता लगायतका कारणले जिल्लाको पुरानो शैक्षिक धरोहर आर्थिक रूपमा संकटमा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय