नवलपरासी, भदौ
पश्चिम नवलपरासी सदरमुकाम परासीस्थित एक निजी विद्यालयमा शिक्षकको कुटाईबाट विद्यार्थीको कानको जाली फुटेको छ । दिएको गृहकार्य नगरेको भन्दै रामग्राम नगरपालिका –४ बैरिहवास्थित एक निजी विद्यालय हिलेरियस चिल्डे«न एकेडमीका शिक्षक आलम सिद्धकीले कुट्दा विद्यार्थीको जाली फुटेको हो ।
कक्षा ५ मा अध्यनरत बालक निखिल कोहारलाई कक्षाकोठामा पिटेर बालकको कानको जाली फुटेपछि बालकलाई अस्पताल भर्ना गरिएको बालकका बुवा गंगाप्रसाद कहारले बताउनुभयो ।