कपिलवस्तु,
विजयनगर गाउँपालिकाको गुगौलि स्वास्थ्य चौकिमा ग्रामिण भिडियो एक्स–रे सेवा सन्चालनमा आएको छ । कपिलवस्तुमा यो सेवा प्रदान गर्नि दोस्रो पालिका रहेको छ । आज एक कार्यक्रमका बीच विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ग्रामिण भिडियो एक्स–रे सेवाको उद्घाटन गर्नुभएको छ । साथै थापाले गुगौलि स्वास्थ्य स्वास्थ चौकीकी अनमि सुमित्रा थापालाई भिडियो एक्स(रे मेसिन हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकाबाट भिडियो एक्स–रे सेवाको लागि अन्यन्त्र जानुपर्ने र बाहिर जाँदा महंगो पर्ने बताउँदै थापाले गाउँपालिकामै यस्तो सेवा सुचारु भएको र त्यो पनि निःशुल्क भएकाले गाउँपालिकाबासीले प्रशस्त लाभ लिन सक्ने बताउनु भयो। उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिदै बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै थापाले स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा सेवा प्रभावकारी बनाउन आफू सदैव सहयोग गर्न तत्त्पर रहने बताउनुभयो। गर्भवतीका लागि भिडियो एक्सरे सेवा कै लागि टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौँ’, थापाले बताउनुभयो ।
यस्तै बिजनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अब गर्भवती महिलाले पालिका बाहिर गएर चेक जाच गर्नु पर्ने बाध्याता हटेको र आमा र बच्चा को स्वस्थ्य पनि राम्रो रहने बताउनुभयो।
२०७९ भाद्र १४, मंगलवार १४:४४
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech