२०७९ भाद्र १७, शुक्रबार १८:३१

दाङ । रोल्पा जिल्लाको सदरमुकाम लिबाङ नजिकै रेउघा सडक खण्डमा अटो रिक्सा पल्टिदा १५ महिने बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका २ कि ललिता घर्तीको छोरा अनमोल रहेका छन् ।

बिहीबार बेलुका ५ः३० बजे रोल्पाको लिबाङबाट रेउघा जाँदै गरेको रा १ ह ३०२२ अटो घट्ट खोला सडकमा पल्टिँदा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अनमोलकी २८ वर्षीयो आमा ललिता, रोल्पा नगरपालिका १ की ३३ वर्षीया मनकुमारी कवर, मनकुमारी कै छोरी ११ वर्षीया रोशनी र रोल्पा नगरपालिका १ हरिगाटिना की १८ वर्षीया जानकी रावत समेत घाइते भएका छन् । उनीहरूको रेउघा अस्पतालमा उपचार भइरहेको छ ।

रोल्पा नगरपालिका २ मुलपानीका ५२ वर्षीय श्यामकुमार बुढाले चलाएको अटो अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अटोमा ६ जना सवार थिए । उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय