२०७९ भाद्र १८, शनिबार १०:३०

कपिलवस्तु उद्योग बाणिज्य संघले निःशुल्क दन्त शिविर आयोजना गर्ने भएको छ । संघले यही भदौ १८ गते शनिबार कपिलवस्तु सामुदायिक अस्पताल चारनम्बरमा दन्त शिविर आयोजना गर्ने भएको हो ।

सिमली फान्डेसनकी संचालिका स्वर्गीय लिला अर्यालको ४५औं पुण्य तिथिमा शिविर आयोजना गर्न लागिएको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले वैखरी अनलाईनलाई जानकारी दिए । महासचिव पौडेलका अनुसार शिविरमा डाक्टर शिशिर अर्यालसहितको दन्त चिकित्सकको समूह आउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय