२०७९ भाद्र १९, आईतवार १२:१३

पाल्पा ।
जिल्लाको बगनासकाली गाउँपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ। गाउँमै उत्पादन गरिने मदिरालाई ब्राण्डिङ गर्ने भएको हो। काननुले अहिले घरेलु मदिरालाई अवैधानिक मानिन्छ। स्थानीय सरकारले आफ्नै कानुन निर्माण गरेर ब्राण्डिङ गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताइन्। उनीहरू यसको सामान्य व्यापार पनि लुकेर गर्न बाध्य छन्। स्थानीय मदिरालाई कानुन निर्माण गरेर ब्राण्डिङ गर्न सकेमा विपन्न ती परिवारलाई आर्थिक आम्दानीमा टेवा पुग्ने चिदीको ठम्याइ छ। यसलाई ब्राडिङ गर्न सके ठुलाठुला सहरमा खपत हुने छ। गरिब परिवारले उत्पादन गर्ने र धनी मानिसले खरिद गर्ने छन्।

गाउँपालिकाले घरेलु मदिरा नियन्त्रण गर्नको लागि विभिन्न विकल्प पनि खोजेको थियो। कृषिजन्य तथा अन्य व्यवसायमा जोड्ने प्रयास गरेपनि सफल हुन नसकेको चिदी बताउँछिन । मगर समुदायले सगुनका रुपमा प्रयोग गर्ने चलन रहेका कारण यसलाई नियन्त्रण गर्न चुनौति रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय