२०७९ भाद्र २०, सोमबार १२:१४

प्रयास पोख्रेल कपिलवस्तु
स्वाभिमान बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले १५ औं वार्षिकोत्सव तथा १६ औं स्थापना दिवशको अवसरमा विद्युतिय चुलो वितरण शुभारम्भ गरेको छ । लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिका सभापति तथा संस्थाका सदस्य विष्णु पन्थी ले सहकारीहरुले उत्पादन संगै रोजगारीको अवसर सृजना गर्नु पने बताउनु भयो । पन्थीले विद्युतिय चुलोेले वातावरण सफा र स्वच्वछ हुने बताउदै आफनै देशमा खपत हुने विद्युतिय चुलोको प्रयोग गर्नु पर्ने बताउनु भयो ।

वाणगंगा नगरपािलकाका नगर प्रमुख चक्रपाणी अर्यालले सहकारी खोल्दा सहकारीका ऐन नियम र वितिय अनुशासन अनुसार चलाउनु पर्ने बताउनु भयो । छरिएर रहेको पुजिलाई उत्पादन संग जोड्दै पँुजि सुरक्षित राख्न उहाँले आग्रह गर्नु भयो । साथै वाणगंगा नगरपालिकामा अहिले ६६ वटा सहकारी नियममा रहेर सञ्चालनमा आइरहेको समेत जानकारी दिनुभयो ।

नगर प्रवक्ता विष्णु पौडेलले संस्थाले गरेको रचनात्मक कामको प्रशंसा गर्दै आगामि दिनको सफलताको शुभकामना दिनु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष धनस्याम घिमिरेले सस्थाको स्थापना संगै संस्थाले अहिले सम्म गरेको कामको बारेमा बताउनु भएको थियो भने संस्थाका व्यवस्थापक सागर घिमिरेले विद्युतिय चुलो कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिनु भएको थियो । उक्त कार्य्रममा नगरका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसि लगायत सहकारीका सेयर सदस्य र पत्रकारको उपस्थिति रहेको थियो ।

सहकारीका कार्यवाहक अध्यक्ष योगेन्द्र प्रसाद शर्माको अध्यक्ष्यता कोषाध्यक्ष रमेश पन्थीको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव टिकाराम पौडेलले गर्नु भएको थियो । संस्थाले आफना सम्पुण सेयर सदस्यहरुलाई संस्थाको स्थापना दिवसको अवसरमा विद्युतिय चुलो दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय