कपिलवस्तु,
कपिलवस्तुको कृष्णनगर क्षेत्रमा भारतीय सवारी साधन माथि पुन अवैध असुली धन्धा चलेको छ । राजनितिकर्मीहरुको आडमा केहि व्यक्तिहरुले अवैध धन्दा चलाईरहेका छ । जसबाट स्थानीय सरकार समेत वेखबर छ । स्थानीय लालमुकुन्द श्रीवास्तव तथा केहि युवाहरु मिलेर नेपाल मजदुर राहत भलाई कोष प्रा.लि. दर्ता गरि विगत ३ महिना देखि भारतीय सवारी साधनहरु संग जर्बजस्ती रकम उठाइरहेको पीडित भारतीय सवारीचालकहरु बताउछन् ।
भारतबाट नेपालमा मालवाहक, खाद्यान्न, सीमेन्टका लागि आवश्यक कच्चा पर्दाथ, फलफुल लगायतका वस्तु ल्याउने भारतीय सवारी साधनबाट उक्त रकम असुल्ने गरेका छन् ।