२०७९ भाद्र २४, शुक्रबार १२:११


रुपन्देही ।
नेकपा एमाले प्रवेश गरेका जनता समाजवादीका पार्टीका प्रदेश सदस्य तथा गैडहवा गाउँपालिकाको निवर्तमान अध्यक्ष बच्चुलाल केवट पुनः जनता समाजवादीमै फर्किएका छन् । उनी वुधबार मात्रै एमाले सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराई, ठाकुर गैरेको हातबाट टीका लगाएर पार्टीमा प्रवेश गरेका थिए । बिहीबार केवटले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको असन्तुष्टिले एमालेमा गएको तर आफ्नो गल्ती स्वीकार गर्दै जसपामै फर्किएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय