२०७९ भाद्र २४, शुक्रबार १२:२१

नेपालगञ्ज,
भेरी अस्पताल नेपालगन्जमा दुई जना डेंगुका बिरामीको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना बाहिरी जिल्लाका हुनुहुन्छ । उपचारका लागि भेरी अस्पतालको आइसियुमा भर्ना हुनुभएका कैलाली र बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बढैयाताल गाउँपालिका –८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका –६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधवार भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड शाखाका प्रमुख अरुणदेव खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय