बुटवल ।
बुटवल उपमहानगपालिकाले सडक क्षेत्राधिकारभित्र अव्यवस्थित रुपमा रहेका निर्माण समगी, पसल, ठेला, सवारी पार्की तथा वर्कशपहरु हटाउन आग्रह गरेको छ । उपमहानगरले शुक्रबार एक सूचना जारी गर्दै ३ दिनका म्याद दिएर सडक तथा पुटपाथ खाली गर्न आग्रह गरेको हो ।
‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र वस्नयोग्य बुटवल शहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने गरेको देखिएकोले आजका मितिले ३ दिन भित्र खाली गरिदिनुहुन अनुरोध छ ।’–जारी सूचनामा उल्लेख गरिएको छ ।