२०७९ भाद्र २६, आईतवार १३:२५

गुल्मीमा चितुवासँग अचानक भिडन्त हुँदा एक व्यक्ति घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका( ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर चितुवाको आक्रमणबाट घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

आइतबार बिहान कुखुराको फर्ममा काम गर्न जाँदा एक्कासि चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच करिब १० मिनेट भिडन्त भएको भाइ लेखराज कुँवरले जानकारी दिए । चितुवाले ४० ठूला र २१ साना गरेर ६१ वटा कुखुरा मारेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
कुँवरको प्रतिकारबाट चितुवा मरेको छ । कुँवरको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले घटनास्थलमा चितुवाको मुचुल्का उठाउने काम भइरहेको छ। कुखुरा फर्ममा पसेको चितुवाले एक्कासि आक्रमण गरेपछि प्रतिरक्षाको क्रममा चितुवा मरेको घाइते कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय