रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँच सुरु भएको छ । औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचानका लागि मंगलबारदेखि जग्गा नापजाँच सुरु भएको हो ।
बुटवल उपमहानगरपालिका–१७, रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट जग्गा नापजाँचको काम सुरु भएको हो । जग्गा व्यवस्थापन कार्यदलका सदस्य सचिव एवं बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले ड्रोन प्रयोग गरेर जग्गा नाप जाँच सुरु गरिएको बताए ।
यहाँ कुन ठाउँदेखि कुन ठाउँसम्म र कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन नभएकाले ड्रोनबाट नापजाँच गरी त्यसैअनुसार प्रतिवेदन तयार गर्ने जिम्मेवारीअनुसार काम अघि बढाइएको सदस्य सचिव पन्थीले जनाए ।