२०७९ भाद्र २९, बुधबार ११:२३

हुकिङ (अंकुसे) लगाई विद्युत चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । विद्युत चुहावट बढेपछि नियन्त्रणकालागि चुहावट अभियानमा हिँडेका टोलीले यशोधरा गाउँपालिका वडा नम्बर ५ रमावापुर सुल्तनवापुर र बृढापार तथा कपिलवस्तु नगरपालिका ५ बभनी बाट ३ जनालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो ।

विद्युत चुहावट बढेपछि नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले आइतबारदेखि चुहटावट नियन्त्रणका लागि अभियान संचालन गरेको जनाएको छ । चुहावट नियन्त्रणकालागि विद्युत कर्मचारी, नेपाल र सशस्त्र प्रहरीसहित २५ जना बढीको चुहावट नियन्त्रण टोली परिचालन गरिएको छ ।

तौलिहवा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले हुकिङ गरी गैर कानुनीरुपमा विद्युतु चार्ने कपिललस्तु नगरपालिका वडा नम्बर ५ का यादव थरका १६ वर्षीय एक जना र यशोधरा गाउँपालिका वडा नम्बर ५ रमनगरा गाउका सलाम र अलि थरका २ जनालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय