२०७९ भाद्र ३०, बिहीबार ११:२६

द्र भैरहवा ।
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मको केन्द्रविन्दु हो । यसलाई केन्द्र बनाएर रुपन्देही जिल्लामै यस संग सम्बन्धित बिभिन्न पर्यटकिय गन्तब्यहरु रहेका छन् । बुद्धको जन्मस्थल लुम्बिनी बाहेक रुपन्देही जिल्लामा घुम्न लायक अन्य बौद्ध सम्पदा स्थलहरुमा बुद्धकी आमा मायादेवीको माईती घर देवदह र बुद्ध युगको पुरातात्विक स्थल सैनामैना पर्छन् ।

रुपन्देहीमा बौद्ध धर्मसंग सम्बन्धित मात्र नभई सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक स्थलहरु पनि उल्लेख्य रुपमा रहेका छन् । थारु संस्कृति र विरहा गीत, बुटवलको जितगढी किल्ला, सैनामैनाको पर्रोहा धाम, सिद्धबाबा जस्ता धार्मिक स्थलहरु रहेका छन् । यस्तै गैडहवा ताल, गजेडी ताल, दानो खोला, तेलार खोला लगायतका सुन्दर सिमसार क्षेत्रहरू रुपन्देहीमा छन् ।
नुवाकोट दरबार लगायत शिवालिक क्षेत्रमा हल्का हावापानी भएका अन्य रमणीय स्थलहरु पनि छन् । मणि मुकुन्द सेन बोटानिकल गार्डेन सहित शैक्षिक पार्कहरु रहेका छन् । यतिमात्र हैन रुपन्देही तानसेन, पोखरा र मुस्ताङ जस्ता लोकप्रिय हिमाली पर्यटकीय गन्तव्यहरूको प्रवेशद्वारको रूपमा पनि काम गर्दछ ।

प्राकृतिक रुपले पूर्ण रहेको नेपालमा भारतको गर्मी छल्न प्राय पर्यटक आउने गरेका छन् । पर्यटकको स्वागत, सस्तो मूल्य, बैधानिक जुवाघर, स्तरिय होटल, मनोरन्जनात्मक गतिविधिहरुको कारण पर्यटकहरु भैरहवा तथा यस आसपास आकर्षित हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय