२०७९ आश्विन २, आईतवार १०:५५

लुम्बिनी,
बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सिँचाइ सेवा दुई हजार दुई सय हेक्टरमा सीमित भएको छ । तीस वर्षअघि स्थापना हुँदा पाँच हजार छ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको थियो । सिँचाइका लागि पानी नपाउँदा किसानको उत्पादन शक्ति प्रभावित भएको छ ।
‘सियारी–मर्चवार’ नामक नहरको बीच–बीचमा किसानले बोरिङ गाडेका छन् । नहरमा पानी नआउने भएपछि सिँचाइ प्रबन्धका लागि उनीहरू निजी व्यवस्थापन गर्न लागेका हुन् । इन्डियन क्यानल परियोजना नामको रूपन्देहीकै लामो यस नहरमा पानी नदेखिएको ४० वर्ष बितेको छ ।

यसैबीच लुम्बिनी सांस्कृतिक नगरपालिकाले २०७९ असार ३० गते एक सूचना जारी गर्दै किसानलाई सिँचाइ प्रयोजनका लागि बोरिङ नचलाउन निर्देशन गरेको छ । बोरिङ चलाउँदा पिउने पानीको अभाव हुन थालेको भन्दै वर्षा नभएसम्म बोरिङ नचलाउने, चलाए रु. पाँच हजार जरिवाना गर्ने जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय