२०७९ आश्विन २, आईतवार १०:५९

कपिलवस्तुको मुख्य व्यापारीक केन्द्रका रुपमा स्थापित हुन लागेको बाणगंगामा टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला लाग्ने भएको छ । यहि असोज २ देखि असोज ७ गतेसम्म बाणगंगा– १ स्थित मायादेवी रिसोर्टमा टिभिएसको आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा ग्राण्ड एक्सचेन्ज मेला लाग्ने भएको हो ।
ग्राहकले कुनै पनि कम्पनीको पुरानो साधन साटेर टिभिएसको मोटरसाइकल वा स्कुटर चढ्न सक्ने बाणगंगा अटो ट्रेडर्सका सञ्चालक मनोज पौडेलले जानकारी दिए । ६ दिने उक्त कार्यक्रममा ५० वटा नयाँ टिभिएसको बिक्री गरिने लक्ष्य लिएको र सो लक्ष्य सहजै पुरा हुने सञ्चालक पौडेलले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय