२०७९ आश्विन २, आईतवार ११:३२

काठमाडौं । बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ ।

दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

सोमबार लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय