तौलिहवा, ०३ असोज । संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका ६ जना कैदी सोमबार रिहा भएका छन् । कैद मिनाहा भएका सबै कैदी कपिलबस्तुका रहेका छन् ।
राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम आज कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज शैनीले बताउनुभयो । कैदमुक्त भएका ६ जनामध्ये २ जना कर्तव्य ज्यान, सवारी ज्यान, किर्ते नागरिकता, डाँका र अङ्गभङ्ग मुद्दाका एक–एक जना कैद जीवन बिताउँदै आउनुभएको थियो ।
मुद्दा नकारात्मक सूचीमा नपरेको, असल चालचलन भएको र ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका आधारमा उहाँहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उहाँहरुको कैद मिनाहा गरिएको जेलर शैनीले बताउनुभयो ।
कैदमुक्त भएका उहाँहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका जेलर शैनीले जानकारी दिनुभयो । कपिलवस्तु कारागारमा रहेका कुल ४ सय ४७ कैदी बन्दीमध्ये आज ६ जना कैदमुक्त हुनुभयो । बाँकी ४ सय ४१ जना कैदीबन्दी कारागारमा छन् ।
२०७९ आश्विन ३, सोमबार १७:००
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech