२०७९ आश्विन ३, सोमबार ११:४०

कपिलवस्तु- गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा आफूले सरकारको कुनै तलव नखाई काम गर्ने उद्घोष गरी चुनाव जितेका कपिलवस्तुको बाणगंगाका एक वडा अध्यक्षले आफूलाई आउने तलवबाट विद्यालयमा ‘सीसीटिभी’ क्यामेरा जडान गरेका छन् । वाणगंगा नगरपालिकाको वडा नम्बर १ मा बाट वडा अध्यक्ष जितेका सञ्जु शारुले आफ्नो तलबबाट सोही वडाको एक स्थानीय सिद्धार्थ माध्यमिक बिद्यालयमा सीसीटिभी जडान गरेका हुन् । गत जेठमा पदभार ग्रहण गरेका उनले असोज महिनासम्म आइपुग्दा नगरपालिकाबाट कुनै तलव लिएका छैनन् । तलबबाट आउने अहिलेसम्मको ८६ हजार बराबरको रकम उनले सिसिटिभीमा लगानी गरेको बताए ।

बिद्यालयका प्रधानाध्यापक इश्वर थापाले वडाध्यक्षको काम अनुकरणीय रहेकोमा धन्यबाद दिँदै चुनावी घोषणालाई वडा अध्यक्षले व्यवहारमा देखाएको बताए । विद्यालयमा क्यामरा जडान गरिदिएकोमा शारुलाई सम्मान गरिएको थियो । बाणगंगामा तलब नखाएर आउने पैसा सामाजिक काममा खर्च गर्छु भन्ने उनी एक्ला वडा अध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय