५ आश्विन
गुल्मीमा पछिल्लो तीन वर्षको अवधिमा २४९ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथामसम्बन्धी जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको सचेतना कार्यक्रममा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जिल्लामा पछिल्लो तीन वर्षको अवधिमा १७३ जना पुरुष र ७६ जना महिलाले आत्महत्या गरेका खुलासा गर्नुभयो ।
तथ्याङ्क प्रस्तुत गर्दै डीएसपी खरेलले आर्थिक वर्ष ०७६र०७७ मा २९ जना महिला र ५० जना पुरुषले आत्महत्या गरेको बताउनुभयो । उहाँका अनुसार आव ०७७र०७८ मा ३० जना महिला र ६९ जना पुरुषले आत्महत्या गरेका छन् । त्यस्तै, आव ०७८र०७९ मा महिला १७ जना र पुरुष ५४ जनाले आत्महत्या गरेको डीएसपी खरेलले जानकारी दिनुभयो । सबैभन्दा धेरै आत्महत्या गर्ने उमेर समूह ६० वर्षभन्दा माथिको छ ।
जसमध्ये ८० वर्षभन्दा माथिका ५ जनाले आत्महत्या गरेका छन् भने १६ वर्षभन्दा कम उमेरका २६ जनाले आत्महत्या गरेका छन् । यस जिल्लामा सबैभन्दा धेरै आत्महत्या मुसिकोट नगरपालिकामा हुने गरेको छ भने सबैभन्दा कम आत्महत्या कालिगण्डकी गाउँपालिकामा हुने गरेको छ ।