लक्ष्मण सापकोटा
असोज ५
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा सनसाईन सामाजिक विकास संस्थाले सप्ताहव्यापी कार्यक्रम गरि दिवस मनाएको छ । दिगो विकासका लागि शान्तिपुर्ण र समावेसी समाजको प्रर्वन गरौ भन्ने मुल नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरिएको युनाईटेड मिसन टु नेपालका लोकल क्यापिसीटी फर पिस प्रोजेक्ट अफिसर धनी राउतले जानकारी दिनुभयो । सप्ताह अन्तरगत लागु औषध तथा दुव्र्यसनी न्युनिकरण सम्बन्धी सडक नाटक , स्थानीय युवा, महिला तथा सरोकारवालाहरुले शान्ति र मेलमिलापका लागि गरेका सकरात्मक अनुभव एवं चुनौतीका विषयमा अनुभव आदान प्रदान, धार्मिक र सामाजिक अगुवाहरुसंग शान्ति र मेलमिलापका विषयमा अन्तरक्रिया लगाएतका कार्यक्रम गरिएको राउतले जनाउनुभयो ।
यस्तै आज शान्तीका लागि सडक र्यालीको गरि कार्यक्रमको समापन गरिएको छ । मायादेवी गाउपालिकाको वडा नं. ४को ५ वटै टोलमा र्याली गरि सभामा परिणत गरिएको थियो । सभामा बोल्दै प्रमुख अतिथी मायादेवी गाउपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमान वडा नं. ४ का वडा अध्यक्ष अस्कफाक अहमद मुसलमानले पालिका एवं वडालाई सरसफाई युक्त र बालविवाह मुक्त बनाउनको लागि अभियान सन्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । समाजमा हुने घरेलु हिंसाको पहिलो जरा नै बालविबाह भएकाले पालिका भित्र शान्ती सुरक्षा कायम गर्नका बालबिबाह मुक्त पालिका बनाउनको लागि सरोकारवालाहरुको सहकार्यमा अभियान समेत चलाईने बताउनुभयो ।
स्वतन्त्र युवा क्लब मायादेवीका अध्यक्ष सन्तोष बढईको अध्यक्षतामा भएको कार्यक्रममा सनसाईन सामाजिक विकास संस्थाका अधयक्ष शिवलाल यादव, इलाका प्रहरी कार्यालय चाकरचौराहका इन्र्चाज हरि बस्नेत लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा धर्मगुरु, समाजसेवी , बुद्धिजिवी, जनप्रतिनिधी, प्रहरी सुरक्षाकर्मी, स्थानीय युवा, महिला लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रममा सनसाईन सामाजिक विकास संस्थाको आयोजना, स्वतन्त्र युवा क्लब मायादेवीको नेतृत्व, यु एम एन र लोकल क्यापिसीटी फर पिस साउथ एसिया नेटवर्कको सहयोगमा सप्ताहव्यापी कार्यक्रम मनाइएको हो ।