२०७९ आश्विन ६, बिहीबार १३:५२

काठमाडौं, ६ असोज । संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दं सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् ।

संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतीले संविधानको उल्लंघन गरेको उनीहरूले बताएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय